संक्रमण कम देखिए पनि ढुक्क नहुन विज्ञको चेतावनी : मनसुनसँगै बढ्न सक्छ डेंगुको जोखिम
काठमाण्डौ ।नेपालमा यस वर्ष डेंगु संक्रमण अघिल्ला वर्षहरूको तुलनामा कम देखिए पनि स्वास्थ्य विज्ञहरूले जोखिम टरिसकेको निष्कर्ष ननिकाल्न आग्रह गरेका छन्। मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा पानी जम्न थालेकाले आगामी केही सातादेखि संक्रमण तीव्र रूपमा बढ्न सक्ने उनीहरूको चेतावनी छ।स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को जुन १५...

