आन्तरिक राजस्व कार्यालय झापाले लक्ष्यको ८१% मात्रै राजस्व उठायो
काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा लक्ष्यको करिब ८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ संकलन गरेको हो।कार्यालयले लक्ष्यको ८१.३१ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ। लक्ष्यअनुसार राजस्व संकलन हुन नसके पनि आयकर र...

