कोहलपुरमा ७५१ घरटहरा हटाइयो, विस्थापित सुकुम्बासी अस्थायी आश्रयमा
काठमाण्डौं । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनेका ७५१ घरटहरा हटाएपछि सुकुम्बासी व्यवस्थापन, राज्यको भूमि नीति र मानवीय अधिकारबारे देशव्यापी बहस शुरु भएको छ। कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपासका बस्तीमा चार दिनसम्म डोजर अभियान सञ्चालन गरी संरचना हटाइएको थियो ।

