म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अघि बढ्यो, सुरुङ निर्माण कार्य औपचारिक रूपमा शुरु
काठमाण्डौ । म्याग्दी जिल्लामा जलविद्युत् विकासले नयाँ चरणमा प्रवेश गरेको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण कार्य औपचारिक रूपमा शुरु भएको छ।

