कोलकाता–विराटनगर कार्गो रेल सेवा सुरु, एकैपटक ४५ कन्टेनर ढुवानी गर्न सकिने
काठमाण्डौ । तेस्रो मुलुकबाट आयात हुने मालसामान कोलकाता र हल्दिया बन्दरगाहबाट रेलमार्फत सिधै विराटनगरसम्म ढुवानी गर्ने कार्गो सेवा औपचारिक रूपमा सुरु भएको छ।कोलकातास्थित नेपाली महावाणिज्य दूत झक्कप्रसाद आचार्यसहित कोलकाता भन्सार, कोलकाता बन्दरगाह र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर शुक्रबार पहिलो कार्गो रेलको शुभारम्भ गरेका हुन्।

