फल लाग्ने बेला केराखेतीमा विपत्ति, किसानको सपना चकनाचुर
काठमाण्डौं । दाङमा आएको तीव्र हावाहुरीले किसानको मेहनतमाथि ठूलो चोट पुर्याएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक केराखेती गर्दै आएका किसान हुमबहादुर केसीको खेतमा सयौँ केराका बोट ढलेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

