साथीबीचको विवादले लियो ज्यान, कीर्तिपुरमा युवकको हत्या
काठमाण्डौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रयोग गरी एक युवकको ज्यान लिइएको छ।कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको उक्त घटनामा विपिन घिमिरेमाथि दिउँसो करिब साढे २ बजे आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।

