काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत, पहिचान नखुलेका ४६ शव गोकर्णमा व्यवस्थापन
काठमाण्डौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै पहिचान खुलेको छ।रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो। काठमाडौँ प्रहरीका अनुसार पहिचान खुलेका १३ मध्ये १२ शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन् भने एक शव...

