कम प्रिमियमको लोभमा कमजोर सुरक्षा: टर्म बीमा किन्दा परिवारको भविष्य कसरी सुरक्षित गर्ने ?
काठमाण्डौ । परिवारको मुख्य कमाउने व्यक्तिको आम्दानी अचानक रोकियो भने घरखर्च कसले धान्छ ? घरकर्जाको किस्ता कसरी तिरिन्छ ? छोराछोरीको पढाइ र आश्रित अभिभावकको हेरचाहका लागि पैसा कहाँबाट आउँछ ?जीवन बीमा खरिद गर्ने निर्णयको सुरुवात यही प्रश्नबाट हुनुपर्छ। तर, बीमाशुल्क कति सस्तो छ वा बीमा गरेपछि कति रकम फिर्ता आउँछ भन्ने विषयले परिवारलाई वास्तवमा कति सुरक्षा चाहिन्छ भन्ने...

