सिरहामा मोबाइल नष्ट प्रकरणविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, क्षतिपूर्तिको माग
काठमाण्डौ । सिरहामा एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडीहरू पानीमा डुबाएर नष्ट गरिएको घटनाले विवाद चुलिएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको उक्त निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले सडकमा उत्रिएर विरोध जनाएका छन्।

