माइतीघरमा चिकित्सकहरूको प्रदर्शन, १२ घण्टा कार्यसमयको माग
काठमाण्डौ । श्रम अधिकारको सुनिश्चितता र कार्यघण्टा व्यवस्थापनको माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू शनिबार आन्दोलनमा उत्रिएका छन्। उनीहरूले श्रम ऐनको पूर्ण कार्यान्वयन, नियमित बिदा तथा कार्यस्थलमा हुने श्रम शोषण अन्त्य गर्न माग गरेका छन्।

