महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश, सार्वजनिक खर्चमा बेरुजु बढ्दै गएकोमा राष्ट्रपति पौडेलको चिन्ता
काठमाण्डौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष रूपमा पेश गरेको छ।शुक्रबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष हस्तान्तरण गरेका हुन्।

