कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षा, केही तराई क्षेत्रमा लु चल्ने सम्भावना
काठमाण्डौ । हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायु सक्रिय छन्। देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ।

