माग पूरा नभएको भन्दै शहीद परिवारको मधेश भवनमा धर्ना, आन्दोलन चर्काउने चेतावनी
काठमाण्डौं । मधेश आन्दोलनका शहीद परिवारहरूले आफूहरूसँग गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाउँदै मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन्। आफ्ना मागहरू लामो समयदेखि बेवास्ता गरिएको भन्दै उनीहरूले मंगलबार मधेश भवन अगाडि प्रदर्शन गरेका हुन्।

