जनमत पार्टीको निर्णयले राजनीतिक हलचल, मधेश सरकार संकटमा
काठमाण्डौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै प्रदेशको राजनीतिक वातावरण फेरि तातेको छ।सोमबार प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षरसहित समर्थन फिर्ताको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए।

