माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम शुरु
काठमाण्डौ । मुगु जिल्लाको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण प्रस्ताव गरिएको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक निर्माण कार्य सुरु भएको छ। एलिभेट इनर्जीद्वारा प्रवर्द्धन गर्न लागिएको अर्धजलाशय प्रकृतिको यस आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रियासमेत अगाडि बढाइएको छ।

