भोलिदेखि निजी अस्पतालको बिलमा ३ प्रतिशत थपिँदै, उपचार खर्चको प्रत्यक्ष भार बिरामीमाथि
काठमाण्डौ । निजी अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले शुक्रबारदेखि थप महँगो शुल्क तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक, २०८३ मार्फत निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने व्यवस्था गरेसँगै साउन १ गतेदेखि उपचार खर्चको प्रत्यक्ष भार बिरामीमाथि थपिने भएको हो।नयाँ व्यवस्थाअनुसार निजी अस्पताल, नर्सिङ...

