नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष श्रेष्ठ २५ लाख धरौटीमा रिहा
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठ २५ लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।विशेष अदालतले बिहीबार थुनछेक बहसपछि श्रेष्ठलाई २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा बस्न पाउने आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो।श्रेष्ठसहितका प्रतिवादीविरुद्ध गत जेठ २८...

