नेपाल पुनर्बीमा कम्पनीमा नेतृत्व परिवर्तन, भण्डारी बने कार्यवाहक सीईओ
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृत (सहायक सीईओ) दामोदर भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) को जिम्मेवारी दिएको छ।कम्पनीको गत ३ गते बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

