नेपाल टेलिकममा सरकारी स्वामित्व ६६ प्रतिशतमा झार्ने तयारी, सेयर बिक्रीको मोडालिटी तय गर्न उपसमिति गठन
काठमाण्डौ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रहेको आफ्नो सेयर स्वामित्व घटाउने प्रक्रिया अघि बढाएको छ। हाल कायम ९१.४९ प्रतिशत सरकारी स्वामित्वलाई ६६ प्रतिशतमा सीमित गर्ने योजनाबारे अध्ययन गर्न अर्थ मन्त्रालयले चार सदस्यीय उपसमिति गठन गरेको हो।अर्थ मन्त्रालयले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिमा सञ्चार सचिव...

