‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ सम्पन्न, पाँच विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने
काठमाण्डौ । ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ आइतबार सम्पन्न भएको छ। योङ इकोनोमिस्ट सोसाइटी नेपालले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करण यस वर्ष ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ नामकरणमा सम्पन्न गरिएको हो।फागुन १६ देखि १८ गतेसम्म काठमाण्डौको किङ्स कलेजमा चलेको ओलम्पियाडमा देशभरका सातै प्रदेशका १८७ शैक्षिक संस्थाबाट छनोट...