नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढी पहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्थागर्न माग गरेको छ । गत असार २४ गते रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी...