च्याउबाट ओएन बायोटेकको छलाङः ५ करोडको कारोबार तीन वर्षमै साढे २१ करोड
काठमाडौं। नेपालमा च्याउ खेती अझै धेरै हदसम्म साना किसान र परम्परागत उत्पादन प्रणालीमा सीमित छ। तर रुपन्देहीको एउटा कम्पनीले यही व्यवसायलाई औद्योगिक आकार दिँदै छोटो अवधिमै आफ्नो कारोबार चार गुणाभन्दा बढीले बढाएको छ।रुपन्देहीको तिलोत्तमा–१६ मा सञ्चालित ओएन बायोटेक एग्रो इन्डस्ट्रिज पब्लिक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा करिब ५ करोड रुपैयाँको कारोबार गरेको थियो। तीन...

