६३ उद्योगको पानी र बिजुली लाइन काट्यो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले
काठमाण्डौ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, सेवा शुल्क तथा अन्य बक्यौता नतिर्ने ६३ उद्योगको पानी र बिजुली आपूर्ति बन्द गरेको छ। सरकारी स्वामित्वका जग्गा, भवन तथा पूर्वाधार प्रयोग गर्दै आएका उद्योगहरूले नियमित भुक्तानी नगरेपछि देशभरका १० औद्योगिक क्षेत्रहरूमा कारबाही गरिएको हो।

