रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार
काठमाण्डौ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाइएको छ। नेपाली सेनाले बिहीबार बिहानसम्म टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार गरेको छ।सेनाका अनुसार बिहान १०ः३० बजेसम्म हेलिकप्टरमार्फत बाढीका कारण अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको हो।उद्धार गरिएकामध्ये घाइते तथा स्वास्थ्य समस्या...

