प्रोटोनको प्रि-दशैं सर्भिस क्याम्प, निःशुल्क चेकअपदेखि स्पेयर पार्ट्समा २०% छुटसम्म
काठमाण्डौ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैंलाई लक्षित गर्दै ‘प्रि-दशैं सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार क्याम्प असोज २८ देखि ३० गतेसम्म भक्तपुरको राधेराधेस्थित प्रोटोन सर्भिस सेन्टरमा सञ्चालन हुनेछ। चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि सवारीसाधनको अवस्था जाँच तथा मर्मतमा...

