स्वास्थ्य क्षेत्रमा ठूलो निर्णय: ९७७ नयाँ स्थायी दरबन्दी थपिने, सेवा सुधारको अपेक्षा
काठमाण्डौं । स्वास्थ्य सेवामा जनशक्ति अभाव घटाउने उद्देश्यसहित ९७७ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छ।स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार उक्त प्रस्ताव बुधबार स्वीकृत भएको हो।

