प्रचण्ड–बाबुराम विरुद्धको युद्ध अपराध सम्बन्धी मुद्दाको रिटमा आज फैसला हुने
काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का ताात्कालीन अध्यक्ष पुष्पकमल दाहाल नेता डा. बाबुराम भट्टराईविरुद्ध दायर गरिएको युद्ध अपराधसम्बन्धी बहुचर्चित मुद्दामा आज अन्तिम निर्णय सुनाउने भएको छ । द्वन्द्वकालीन घटनासँग जोडिएको यो संवेदनशील मुद्दा लामो समयदेखि सर्वोच्चको विचाराधीन अवस्थामा रहँदै अन्ततः निर्णय चरणमा पुगेको हो ।

