रास्वपा सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा प्रकाश विष्ट निर्वाचित
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन् ।बुधबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार विष्टले कुल ३५८ मत प्राप्त गर्दै सभापति पदमा स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन् ।

