भारतमा पेट्रोल पम्पबाट थोक इन्धन बिक्रीमा कडाइ, ९० दिनका लागि नयाँ नियम
काठमाण्डौ । भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री तथा वितरणलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ।पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले लागू गरेको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि पेट्रोल पम्पबाट एक ग्राहकले एक दिनमा २०० लिटरभन्दा बढी हाई स्पीड डिजेल खरिद गर्न पाउने छैन।

