पशुपति धर्मशाला अब कोषकै, सांस्कृतिक सम्पदाको संरक्षणमा नयाँ अध्याय
काठमाण्डौं । २३ वर्षदेखि मारवाडी सेवा समितिको प्रयोगमा रहेको पशुपति गौशाला धर्मशाला अब औपचारिक रूपमा पशुपति क्षेत्र विकास कोष कै स्वामित्वमा रहने भएको छ ।उच्च अदालत पाटनको पछिल्लो फैसलाले केवल कानुनी स्वामित्वको प्रश्न मात्रै टुङ्ग्याएको छैन, यसले काठमाडौँको धार्मिक, सांस्कृतिक र सामाजिक संरचनासँग गाँसिएको गहिरो विषयलाई पनि उजागर गरेको छ ।

