पेट्रोलको भण्डारणले १४ दिनको मात्रै माग धान्ने
काठमाण्डौ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको पेट्रोलियम आपूर्ति संरचना क्रमशः सुधार भए पनि इन्धन खपतमा गिरावट देखिएको छ।सर्वेक्षणअनुसार हाल नेपालमा पेट्रोलको भण्डारण क्षमता करिब १४ दिन र डिजेलको १६ दिनको माग धान्न पर्याप्त रहेको छ। यस्तै, मट्टीतेलको भण्डारण क्षमता भने उल्लेख्य रूपमा बढी भई करिब १४५ दिनसम्म पुग्ने देखिएको छ।

