वैदेशिक रोजगारीको नाममा ३ करोडभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ
काठमाण्डौं । वैदेशिक रोजगारीको नाममा आकर्षक अवसरको प्रलोभन देखाएर ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।प्रहरीका अनुसार पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

