प्रोटोन ईमासको काठमाण्डौमा एक्सचेन्ज अफर
काठमाण्डौ । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। यो कार्यक्रम नोभेम्बर २१ देखि २३ सम्म काठमाण्डौको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ ।तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख...

