साउनमा थपियो १४ अर्ब बढी सरकारी ऋण
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा १४ अर्ब २ करोड सरकारी ऋण थपिएको छ । चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा बढेर २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।