राजसंस्थाका पक्षधर मतदाता पनि रास्वपासँग जोडिएका छन् : अध्यक्ष लिङ्देन
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका मतदाताको समर्थन पनि समावेश रहेको भन्दै त्यसबारे सोच्न सुझाव दिएका छन्।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले परिवर्तनको अपेक्षा राख्ने विभिन्न विचारका नागरिकहरूले रास्वपालाई मत दिएको उल्लेख गरे।

