हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन
काठमाण्डौ । बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि वायुसेवा कम्पनीहरुले हवाईको भाडादर दोब्बर भन्दा बढी लिन थालेका छन् । शुक्रबार बिहानदेखि अविरल परेको वर्षाका कारण काठमाण्डौ लयायत देशभरी बाढीपहिरोले सडकमार्ग ग्रस्त छ । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरुले हवाई भाडादरमा सहुलियत दिनुको सट्टा बढाएर लुटतन्त्र मच्चाइरहेका छन् ।