उपत्यकामा २४ घण्टामा २ हजार २१८ चालक कारबाहीमा, ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले नियम उल्लङ्घनविरुद्ध कडा कारबाही अभियान तीव्र पारेको छ। पछिल्लो २४ घण्टामा मात्र २ हजार २१८ चालकलाई कारबाही गरिएको छ भने ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

