ट्रम्पको मध्यस्थतामा रुस–युक्रेनबीच तीन दिने युद्धविराम घोषणा
काठमाण्डौं । डोनाल्ड ट्रम्प ले रुस–युक्रेन युद्धमा अस्थायी रूपमा तीन दिने युद्धविराम लागू गर्ने घोषणा गरेका छन् । विजय दिवसको अवसरमा रुस र युक्रेनले छुट्टाछुट्टै युद्धविराम घोषणा गरे पनि एकअर्कामाथि उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले नयाँ मध्यस्थता प्रस्ताव सार्वजनिक गरेका हुन् ।

