प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर दोस्रो दिन पनि राष्ट्रियसभा ठप्प, अर्को बैठक बुधबार दिउँसो १२:१५ बजे बस्ने
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह को विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा लगातार दोस्रो दिन पनि अवरोध भएको छ। प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने आशयको भनाइ फिर्ता लिन र माफी माग्न विपक्षी दलहरूले माग गरेपछि मंगलबारको बैठक पनि प्रभावित बनेको हो।

