रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड प्रदान
काठमाण्डौ । रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयु क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । यस सहयोगले नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्ने जनाइएको छ ।

