NEWS

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित

काठमाण्डौ। संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार बसेको समितिको बैठकमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रामहरी खतिवडालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसलाई नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।