सुनका गहना अर्डर गर्दा अब ७५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने, अर्डर रद्द गरे ज्याला–जर्ती कटौती हुने
काठमाण्डौ । सुनको मूल्यमा भइरहेको तीव्र उतारचढावसँगै सुनचाँदीका गरगहना खरिद गर्ने ग्राहकका लागि नयाँ व्यवस्था सार्वजनिक गरिएको छ। नेपाल रत्न तथा आभूषण संघले सुनका गहना अर्डर गर्दा कुल मूल्यको ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने जनाएको हो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घटबढ भइरहँदा ग्राहकले अर्डर दिएका गहना पछि रद्द गर्ने क्रम बढेको भन्दै संघले...

