रवि लामिछाने–जीबी राई मुद्दा : अभियोग फिर्ता प्रक्रियामा उच्च अदालत पोखराको ‘ग्रिन सिग्नल’
काठमाण्डौं । कास्की जिल्ला अदालतमा विचाराधीन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा अभियोग फिर्ता गर्ने सरकारी पक्षको निवेदन अघि बढाउन उच्च अदालत पोखराले बाटो खोलिदिएको छ।यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, व्यवसायी जीबी राई लगायत प्रतिवादीसँग सम्बन्धित रहेको छ।

