घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन
काठमाण्डौ । चैत महिनामा घरजग्गा कारोबार घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ९ महिनामा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ६१२ वटा घरजग्गा कारोबार भएको छ । गत फागुन महिना भने ५० हजार ९९८ वटा घरजग्गा किनबेच भएको थियो । विभागको तथ्याङ्क...