कर्मचारी सुविधाका लागि बीमा कम्पनीले छुट्याए रु.८.२० अर्ब, जीवन र निर्जीवनतर्फ कुनले कति ?
काठमाण्डौं । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधाका लागि ८ अर्ब रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । सञ्चालनमा रहेका १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ अर्ब २० करोड रुपैयाँ कर्मचारी सुविधा खर्च शीर्षकमा छुट्याएको हो ।यो रकम गत आवको तुलनामा ३२.४८ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म बीमा कम्पनीहरुले यस्तो शीर्षकमा ६ अर्ब...