सुकुम्वासी विस्थापनविरुद्ध देशव्यापी आक्रोश, माइतीघरमा ‘रित्तो थाली’सहित प्रदर्शन
काठमाण्डौं । काठमाडौँका विभिन्न सुकुम्वासी बस्ती हटाइएको विरोधमा भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले देशभर आन्दोलन चर्काएका छन्। शुक्रबार संयुक्त सुकुम्वासी मोर्चाको नेतृत्वमा उनीहरूले माइतीघर मण्डलमा रित्तो थाली र चम्चा बोकेर प्रदर्शन गरे।

