सौर्यको जहाज दुर्घटना : कम्पनीले बीमा भुक्तानी गर्ने
काठमाण्डौ। सौर्य एयरलाइन्स दुर्घटनामा यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना बीमालाई बीमा कम्पनी र सरकार दुवैले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। आफन्तले शव बुझेका छन् भने आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बीमा व्यवस्थाबारे संसद्लाई जानकारी गराएका हुन्।