संसद् बैठक आज १ बजे, राजनीतिक विवादले बजेट कार्यसूची संकटमा
काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अघि बढाउने कार्यसूची तय भएपनि राजनीतिक खिचातानीका कारण बैठक सञ्चालनमै अनिश्चितता देखिएको छ।संसद् सचिवालयका अनुसार आजको बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ।

