सांसदहरूलाई संघीय संसद् सचिवालयद्वारा संसदीय प्रक्रिया सम्बन्धी प्रशिक्षण शुरु
काठमाण्डौ । प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले संसदीय प्रक्रिया, अभ्यास र नियमसम्बन्धी प्रशिक्षण प्रदान गर्न शुरु गरेको छ। संसद भवनभित्रको सभा हलमा सञ्चालन भइरहेको यो प्रशिक्षण कार्यक्रम भोलिसम्म जारी रहने संसद सचिवालयले जनाएको छ।

